You are viewing the translated version of कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकारः.

Section 5B
कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकारः
कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने, वार्षिक कार्ययोजना तयार गर्ने,

(ख) समितिबाट सरकारी लगानी व्यवस्थापन गरिएको प्रतिष्ठानको वर्षमा कम्तीमा एक पटक अनुगमन गरी वा गराई प्रतिवेदन प्राप्त गर्ने,

(ग) समितिबाट सरकारी लगानी .व्यवस्थापन गरिएको प्रतिष्ठानसँग भएको सम्झौता कार्यान्वयनमा सहजीकरण गर्ने,

(घ) समितिबाट सरकारी लगानी व्यवस्थापन गरिएको प्रतिष्ठानले सम्झौता बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व रकम सञ्चित कोषमा दाखिला गर्ने वा गराउने,

(ङ) सरकारी लगानी व्यवस्थापन सम्बन्धमा अध्ययन गरी वा गराई समितिमा सुझाव पेश गर्ने,

(च) प्रतिष्ठान सुधार, शेयर विनिवेश, लिज, पट्टा, सम्पत्तिको -मौद्रिकीकरण, एकआपसमा गाभ्ने वा गाभिने सम्बन्धी विषयमा आवश्यक मापदण्ड, कार्यविधि वा निर्देशिका बनाई समितिमा पेश गर्ने,

(छ) आफूले गरेको कार्यको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र समितिमा पेश गर्ने,

(ज) प्रतिष्ठान सुधार तथा सरकारी लगानी व्यवस्थापन सम्बन्धमा समितिको निर्देश बमोजिम अन्य आवश्यक कार्य गर्ने।